६ वैशाख २०८१ बिहीबार
समाज

माैसम पूर्वानुमान महाशाखाकाे अनुमान मिलेन, काठमाडाैंमा असिनापानी

काठमाडौं – साेमबार अपराह्न काठमाडौंमा मेघगर्जनसहित असिनापानी परेको छ।

जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका पूर्वी, मध्यलगायत पश्चिमी पहाडी भागमा माैसम सफा रहने बताएकाे थियाे। 

महाशाखाले आज राति पनि देशकाे पूर्वी तथा मध्य पहाडी भेगमा सामान्य बदली हुने सम्भावना रहेकाे बताएकाे छ। बाँकी भागमा माैसम सफा हुने महाशाखाले जनाएकाे छ।

त्यस्तै देशका पूर्वी र मध्य पहाडी भू–भागका केही स्थान र पश्चिमि पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७६ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App