coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडाैँ - सुनसरीमा कारले ट्याक्टरलाई ओभरटेक गर्न खाेज्दा यात्रुवाहक बसमा ठोक्किएर दुर्घटना भएकाे छ।  उक्त दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन्।

धरान उपमहानगरपालिका–८ मा गएराति ११:१५ बजे दुर्घटना भएकाे सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले बताए। उनका अनुसार अनियन्त्रित बा २० च ४०७६ नं. को कार र को १ ख ४७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे।

उनले भने,'मृतक तीनै जना कारमा सवार थिए।'  उनका अनुसार अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको हाे। अनील इटहरी ४ का हुन् भने जनक धनकुटाका हुन्। लिम्बुको भने ठेगाना खुलेको छैन।  घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, घाइतेको अवस्था सुधारोन्मुख छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कारले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी फुयालले बताए

प्रकाशित: ३० चैत्र २०७५ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App