coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व सासंदको निधनले गुल्मी शोकमा

गुल्मी–पूर्व सासंदको सडक दुर्घटनामा निधन भएपछि गुल्मी शोकमा डुवेको छ।

जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेतका रुपमा परिचित पूर्व सासंद रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएपछि गुल्मेलीहरु शोकमा परेका छन्। बहुदलपछि भएको पहिलो संसदीय निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट भण्डारी सांसदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेस फुटेर प्रजातान्त्रिक हुँदा शेरबहादुर देउवासँगै प्रजातान्त्रिक कांग्रेस गुल्मीको नेतृत्व गरेका भण्डारी गुल्मीको राजनीतिक आन्दोलन, सामाजिक आन्दोलन, धार्मिक सहिष्णुता कायम गर्न र गाउँगाउँमा विकासका पूर्वाधार सिर्जना गर्नमा सधैं क्रियाशील रहदै आएका थिए।

नेपाली कांग्रेस गुल्मी जिल्लाको पूर्वसभापतिसमेत रहेका स्वर्गीय भण्डारी पार्टीको महाधिवेशन प्रतिनिधि रहेका थिए। उनको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ। उनको निधनले कांग्रेस मात्रै नभएर अन्य राजनीतिक पार्टीमा आस्था राख्ने आम गुल्मेली नेता कार्यकर्तालाई समेत स्तब्ध बनाएको छ।

भण्डारी गुल्मीको राजनीतिक, सामाजिक विकासका लागि सधै क्रियाशिल नेता भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए। समग्र गुल्मीको विकाससँगै राजनीतिप्रति एक निष्ठावान् नेता हुनुहुन्थ्यो विष्टले भने,‘भण्डारीको निधनले गुल्मी जिल्लालाई ठूलो नोक्सान पुगेको छ।’ राजनीति र विकासको आस्थाको धरोहर,लोकतन्त्रका सच्चा सिपाही,समाजवादी जीवनशैलीका जनताका प्रिय नेता रूद्रमणि भण्डारीको निधनले नेपाली कांग्रेस गुल्मीलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए।

'पार्टीको पूर्व सभापतिसँगै पूर्व माननीय भण्डारीको सडक दुर्घटनामा परी भएको दुखःद निधन हामी भावविह्वल भएका छौ।' श्रेष्ठले भने ‘उहाँको निधनले कांग्रेसलाई पुगेको क्षतीको त कुरै नगरौ सिङ्गो जिल्ला र देशले समेत एक विकासप्रेमी नेता गुमाएको छ।’ भण्डारीको जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रम गरेर शुक्रवार कालीगण्डकी किनारमा अन्तिम दाहंसस्कार गरिने उनले बताए ।

यता सडक दुर्घटनामा परि पूर्व सासंदको निधनप्रति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, प्रदेश ५ का सामाजिक विकास मन्त्री लगायत सासंदहरु, तथा नेकपा गुल्मीले पनि दुःख ब्यक्त गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पूर्व माननिय तथा विकासप्रेमी नेताको निधनले आफुलाई स्तब्ध र दुःखी वनाएको बताएका छन्। मन्त्री विष्टको भण्डारीलाई अन्तिम श्रद्धाञ्जली दिन गुल्मी आउने कार्यक्रम तय भएको निजी सचिवालयले जानकारी दिएको छ।

७२ वर्षीय पूर्व सांसद भण्डारीका २ पत्नी, एक छोरा र एक छोरी छन्। सडक दुर्घटनामा भण्डारीसहित मालिका गाउँपालिका १ का ओस्कर विक र मालिका गाउँपालिका २ की २६ वर्षीया कोशीला थापाको पनि मृत्यु भएको हो। जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुँदा भण्डारीसँगै उनीहरुको मृत्यु भएको हो।

प्रकाशित: २८ चैत्र २०७५ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App