coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व राजा चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर- पूर्व राजा ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ।  बुधबार राती शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले  मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

कारले ठक्कर दिएपछि घाइते मोटरसाइकल चालक प्रकाश चौधरी र हेम चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई   उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा  ल्याइएको थियो। उपचारका क्रममा हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। मोटरसाइकल चालक प्रकाश चौधरीको भने विराटनगर अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा आउँदा सोही कार चढ्ने गरेका थिए।

 

प्रकाशित: २८ चैत्र २०७५ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App