coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उद्योगपति दिवाकर गोल्छाको निधन

काठमाडौं- उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छा अर्गनाइजेशनका मालिक मंगलबार राति भारतको चेन्नेइमा उपचारको क्रममा निधन भएको हो। उनी पहिलो संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए।

उनको मृगौला प्रत्यारोपण गरिएको थियो। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत हुन्। ६७ वर्षिय गोल्छाको अगुवाईमा करिब २४ वटा उद्योग स्थापना गरिएको छ। श्रीराम सुगर मिल, हुवाल वायर, हुलास खाद्यान्न जस्ता प्रशिद्ध नेपाली उद्योग उनले नै स्थापना गरेका थिए। नेपालमा उद्योगको विकासमा उनका पिता हुलासचन्द्र गोल्छाले महत्वपूर्ण भूमिका रहेको छ। गोल्छाका दुई छोरा छन्।

 

प्रकाशित: २७ चैत्र २०७५ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App