coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भिरबाट लडेर एकको मृत्यु

ओखलढुंगा– सिद्धिचरण नगरपालिका ७ विगुटारमा सोमबार भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३३ को लाक्पा दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा दोल्पु भीरबाट लडेर करिब एक सय मिटर तल पुगेर गम्भीर घाइते भएका थिए। घाइते भएका शेर्पाको ओखलढुंगा सामुदायिक अस्पतालमा  उपचारका क्रममा ज्यान गएको हो। उनको उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चार दिनअघि मात्र सिद्धिचरण नगरपालिका ३ अँधेरी स्थित बरबोटे भीरबाट लडेर नगरपालिका–८ जरंगेका ३१ वर्षीय रामजी गुरुङको ज्यान गएको थियो। गुरुङको शुक्रबार साँझ अधेरी फुपुको घरबाट फर्कनेक्रममा बरबोटे भीरबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यक्रम ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

प्रकाशित: २६ चैत्र २०७५ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App