coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘अतित’मा आए अर्जुन मिलन

काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्य गीत लेखन, गायन हुँदै संगीतमा पनि उत्तिकै सक्रिय छन्। सांगीतिक क्षेत्रमा अर्जुन मिलनका रूपमा चिनिने उनको चौथो एल्बम ‘अतित’ सार्वजनिक भएको छ। एल्बममा गजल तथा गीत संग्रहित छन्।

राजधानीमा शनिबार एक कार्यक्रमबीच गीतकार कालीप्रसाद रिजाल, दिनेश अधिकारी, संगीतकार नारायण रायमाझी, संगीतकार सन्तोष श्रेष्ठ, प्राध्यापक नारायण नेपाल र गजलकार डा. सनतकुमार वस्तीले एल्बम सार्वजनिक गरे। रिजालले अर्जुन मिलन हरेक गीतलाई डुबेर गाउनसक्ने गायक भएको बताए। ‘प्रत्येक मान्छेलाई भगवानले केही न केही प्रतिभा दिएकै हुन्छ। भीमार्जुनजीलाई पनि भगवानले त्यस्तै प्रतिभा दिएका छन्’, रिजालले भने, ‘उहाँले त्यो प्रतिभा बुझ्नुभएको छ। आगामी दिनमा अझ राम्रा गीत सुन्न पाऔंला।’

गीतकार अधिकारीले अर्काको सिर्जनालाई आफ्नोपनमा ढाल्ने क्षमता अर्जुन मिलनमा भएको बताए। ‘उहाँको गायनमा अनुभूति गर्नसक्ने क्षमता छ,’ उनले भने।

गायक अर्जुन मिलनले एल्बममा रहेका गजल दर्शकका लागि नयाँ स्वाद हुने बताए। कार्यक्रममा उनले केही गीत गाएका थिए। एल्बममा ‘फूललाई दुख्यो होला’, ‘मौनताको सहरमा’, ‘एकान्तमा आँसु झार्दै’, ‘ओठ तिम्रै गजल’, ‘जीवनको सार बल्ल’ र ‘अतितसँग आफूलाई’ बोलका गीत छन्। गीतमा नारायण नेपाल, अर्जुन मिलन, किरण खरेल, डा. सनतकुमार वस्ती, सुनिल कोइरालाको शब्द तथा महेश खड्का, दीपक जंगम, अर्जुन मिलन र यादव योगीको संगीत छ।

प्रकाशित: २४ चैत्र २०७५ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App