२६ श्रावण २०७७ सोमबार
समाज

प्रदूषणले असर

हामी लामो समयदेखि प्रदूषणले ग्रसित छौं। सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका कारण निस्कने धुलोले वायुमण्डल प्रदूषित बनेको छ। उद्योग तथा कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणका लागि झनै हानिकारक मानिन्छ।

अहिले काठमाडौं उपत्यकासहित विश्वका अनेकौं सहरहरूले कुनै न कुनै प्रकारको प्रदूषण झेलिरहेका छन्। लन्डनमा प्रदूषण बढेको भन्दै केही दिनभित्रै हजारौं सवारीचालकले शुल्क तिर्दै छन्। धुवाँ र धुलोका कारण हुने प्रदूषणले निम्त्याउने अकालमृत्युका लागि सो शुल्क तिर्नुपरेको हो। वैज्ञानिकले प्रदूषणको असर पहिलाभन्दा अहिले गम्भीर बनेको बताएका छन्। लन्डनका मायोर सेडिक खानले बेलायती अखबार बिबिसीसित कुरा गर्दै प्रदूषणको असरप्रति गम्भीर प्रतिक्रिया दिएका छन्। ‘यो नदेखिने गरी नांगो आँखामा लुकेको हुन्छ, यसले जनस्वास्थ्यमा आकस्मिक रूपमा असर पारेको छ,’ उनले थपेका छन्, ‘यो यस्तो गम्भीर विषय बनेको छ कि प्रदूषणको कण देखिँदैन, नाइट्रोजन दि अक्साइड यस्तो विष हो, जसलाई कसैले गम्भीर रूपमा लिएको छैन।’

बेलायती किविन म्यारी विश्वविद्यालयका प्राध्यापक जोनथन ग्रिगले ‘वायुप्रदूषणको बालबालिकामा असर’ विषयमा अनुसन्धान गरेका थिए। उनले वायुप्रदूषणले दम, श्वासप्रश्वासका अन्य रोग र मुटु तथा नसासम्बन्धी रोग लाग्ने विषयमा दाबी गरेका छन्। उनले भनेका छन्, ‘हामी यसमा पनि दाबी गर्छौं कि वायुप्रदूषणले मोटोपना र डिमेन्सिया पनि बढाउँछ।’

तर, विगत केही दशकयता अनुसन्धानकर्ताले यी ग्याँस र कणहरू कसरी थाहा पाउने भन्ने विषयमा अध्ययन गरेपछि कसरी धुलोका कणहरू शरीरभित्र प्रवेश गर्छन् र शरीरका कोषहरूलाई नष्ट गर्छन् भन्ने कुरा पत्ता लागेको थियो। प्रदूषण कसरी घर र कारमा छिर्छ ? दाउरा बाल्दाको प्रदूषणले कसरी दम निम्त्याउँछ ? सबैभन्दा बढी असर हाम्रो श्वासप्रश्वास नली तथा अंगमा गर्छ। जसकारण हामी दमको सिकार हुन्छौं। यो क्रोनिक (पुरानो) समस्या भएकाले यसले गम्भीर रोग निम्त्याउँछ।

प्रदूषित हावाले फोक्सोलाई क्षति पु-याउन सक्छ र छिट्टै मानिसको पुरै शरीर नष्ट गर्न सक्छ। हालै एउटा परियोजनाले बालबालिकालाई विशेष प्रकारको माक्स लगाएर प्रदूषणको असर मापन गरेको थियो। यो माक्समा नाइट्रोजन अक्साइड र डाइसन जाँच गर्ने यन्त्र जडान गरिएको थियो। यो कामको एउटा उत्पे्ररणा दिनु थियो कि विशेष गरी सानै उमेरमा प्रदूषित हावा श्वास फेर्दा जीवनभर असर गर्छ। अनुसन्धानले बालबालिका हुर्किंदै गर्दा फोक्सो सानो हुने भएकाले शुद्ध हावामा श्वास फेर्दाभन्दा प्रदूषित वातावरणमा श्वास फेर्दा पाँच प्रतिशत क्षमता पुग्दैन। साथै प्रदूषण एम्फिसेमा, क्रोनिक ब्रोङकाइटिस र फोक्सोको क्यान्सरसँग पनि जोडिन्छ।

किंग्स कलेज लन्डनका डा. बेन बारेट जो यो ब्याकप्याक अनुसन्धानमा सहभागी छन्, उनले प्रदूषित वातावरणमा जन्मेका बच्चाले जीवनभर चुनौतीको सामना गर्नुपर्नेछ भन्दै यस्तो निष्कर्ष निकालेका छन्, ‘यस्तो वातावरणमा जन्मेका बालबालिका ठूलो भएपछि वा वृद्ध अवस्थामा अत्यन्त कमजोर हुन्छन्।’ प्रदूषणका ससाना कणहरू फोक्सो, एल्भोली र रक्तनली हुँदै मुटुमा पुगेर मुटु हुँदै शरीरभरि पुग्छन्। यसले रक्तनलीमा अवरोध आई मष्तिस्कघात र मुटुसम्बन्धी अन्य रोग लाग्ने सम्भावना बढ्छ। यी प्रदूषणका कण मष्तिस्कमा समेत पुग्न सक्ने प्रमाणित भइसकेको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

मष्तिस्कमा पुगेपछि कसरी डिमेन्सिया हुन्छ भन्ने विषयमा अनुसन्धानकर्ताले थप खोज गरिरहेका छन्। चीनमा भएको एक अध्ययनले प्रदूषण र मानिसको क्षमताको विषयमा अध्ययन भएको थियो। गत वर्ष बेलायती एक अध्ययनले किशोरहरूमा प्रदूषणको मनोवैज्ञानिक अवस्थाबारे प्रकाशित गरेको छ।(साभार : बिबिसी)

प्रकाशित: २३ चैत्र २०७५ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App