१५ चैत्र २०८० बिहीबार
समाज

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

डोल्पा-  नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

महादेब आधारभुत विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरिद गरेर ढुवानी नगर्दा वालवालिकाहरु हातहातमा नयाँ पाठ्यपुस्तक पाउनबाट बञ्चित भएको हो।

अहिले पूराना किताबहरुबाट पठनपाठन गराइरहेको महादेब आधारभुत विद्यालयका प्रधानाध्यापक हिराबहादुर थापाले जानकारी दिए।

पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका श्रवण कुमार रोकायाले किताब खरिद भैसकेको र हिमपातले अबरुद्ध भएको बाटो नखुलेपछि पाठ्यपुस्तक ढुवानीमा ढिलाइ भएको बताए।

जुम्लाबाट आउने बाटो पूरै हिँउले  छोपेकाले अब केहि दिनमा भित्रै किताब विद्यालयमा पुग्ने रोकायाले जानकारी दिए।

स्थानीय सरकारले गाँउपाकामा कक्षा १ देखि ५ सम्म अँग्रेजी भाषाबाट अध्ययन गराउनु पर्ने नीति बनाए पनि नयाँ पाठ्यपुस्तक दुई महिनासम्म नपुगेको प्रधानाध्यापक हिराबहादुर थापाले बताए।

यस बर्षको हिमपातले जुम्लाको बाटो रोकिएपछि समयमा पाठ्य पुस्तक नपुगेको गाउँपालिकाको शिक्षा ईकाइ हेर्ने नायव सुब्वा केशव जैशीले जानकारी दिए।

दैनिक बालवालिकाहरु पुराना तर एक बिषयको किताबमात्रै बोकेर बिद्यालय जाँदापनि कसैको ध्यानजान नसकेको स्थानीय अभिभाबक नन्दबहादुर लामाले बताए।

स्थानीय एजेन्टले पाठ्यपुस्तक खरिद गरि ढुवानीमा ढिलाइ गरेपछि तत्काल बिद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए। तल्लो डोल्पाका झण्डै ३० प्रतिशत वालवालिकाहरु पाठ्य पुस्तकबाट बञ्चित रहेका छन।

प्रकाशित: २२ चैत्र २०७५ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App