७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा सार्वजनिक गरिदै। तस्बिर : जितेन्द्रकुमार झा/नागरिक

राजविराज - परीक्षा अगावै प्रश्न पत्र वाहिरिए पछि स्थगित भएको प्रदेश–२को एसइई परीक्षा शुक्रवारवाट पुनः सुचारु हुँदै छन्। यता परीक्षा पुनः सुचारु हुनु अगावै प्रहरीले प्रश्न पत्र प्रकरणका अभियुक्तहरुलाई पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन्। प्रश्न पत्रको गोपनियता र सुरक्षाको पुर्ण जिम्मेवारी प्रहरी माथि नै रहेका कारण प्रश्न पत्र वाहिरिए पछि प्रहरी माथि ठुलो प्रश्न तेर्सिएको थियो भने अर्को तिर प्रदेश–२का झण्डै ७० हजार बढी बालबालिका समेत आन्दोलित रहेको अवस्था थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले प्रहरीकै संलग्नतामा प्रश्न पत्र लिक भएको निष्कर्ष सहित २ प्रहरी जवान सहित ६ जना अभियुक्तहरुलाई विहिवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी जवानहरु व्रह्मदेव सुनरैत यादव र दिपेन्द्रकुमार मण्डलका साथै राजविराज नगरपालिका–१० का विष्णुदेव यादव, वड नम्बर १६ का मनोज यादव(शिक्षक), हनुमाननगर कंकालिनी नगरपालिका–१७ वस्ने राजेश यादव र उमेश यादवलाई यस प्रकरणमा अभियुक्त वनाईएको छ। पक्राउ परेकाहरुका माथि कानुन बमोजिम आवश्यक कारवाहि थालिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी गराए।
चैत्र १४ गते विहानै वाट एसइई परीक्षाको विज्ञान विषयको प्रश्न पत्र समाजिक संजालमा भाईरल भएको थियो। सोहि दिन विहान ८ बजेवाट प्रारम्भ हुने परीक्षाको प्रश्न पत्र परीक्षा अगावै समाजिक संजालमा भाईरल भएपछि अन्ततः राष्ट्रिय परीक्षा बोर्डले परीक्षा समाप्त भएको लगत्तै प्रदेश–२को विज्ञान विषयको परीक्षा रद्द गरेको घोषणा गरेका थिए। त्यसै दिन मध्य रातमा समाजिक विषयको प्रश्न पत्र पनि बाहिरीए पछि २१ गते सम्मका लागि निर्धारीत प्रदेश–२को सवै विषयको परीक्षाहरु स्थगित नै गरियो। परीक्षा स्थगित भएपछि प्रदेश–२का ८ वटै जिल्लाका परीक्षार्थीहरु सडकमा होमिएका थिए। स्थित साम्य पार्न प्रशासनलाई हाम्मै परेको थियो।

यद्यपी प्रहरी भने त्यतिवेला देखिनै अनुसन्धानमा जुटेका थिए। सप्तरी स्थित स्थानिय प्रशासनले शुरुदेखिनै सप्तरीवाट प्रश्न पत्र लिक नभएको दावि गर्दै आएका थिए। यद्यपी प्रश्न पत्र सप्तरीवाट लिक नभएपनि प्रश्न पत्र एक पछि अर्कालाई वितरण गर्ने काम भने सप्तरीवाटै भएको सिआईबीको अनुसन्धानले देखाएको छ।

यसरी वाहिरीयो प्रश्न पत्र :
प्रश्न पत्र प्रकरणमा अभियुक्त वनाईएका दुवै प्रहरी जवान सप्तरीकै हुन्। यद्यपी उनीहरु सिराहा जिल्ला स्थित इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत रहेका थिए। सोहि इलाका प्रहरी कार्यालयमा रखिएको प्रश्न पत्रको पोको काटेर उनीहरुले प्रश्न पत्र लिक गरेको अनुसन्धानवाट खुलेको छ।
अभियुक्त भनिएका प्रहरी जवान दिपेन्द्रकुमार मण्डल यस वर्षको एसइई परीक्षामा आफै पनि सहभागि रहेका थिए। आफु पढाईमा कमजोर रहेको भन्दै आफ्नो ठाउँमा परीक्षा दिन उनले आफुसँगै कार्यरत ब्रह्मदेव सुनरैतलाई गुहारे। प्रवेश पत्रमा आफ्नो सट्टा ब्रह्मदेवको फोटो पनि टाँसे र आफ्नो ठाउँमा परीक्षामा सहभागि पनि गराए।

सोहि क्रममा दुवै जनाको ध्यान आफै कार्यरत प्रहरी कार्यालयमा राखिएको प्रश्न पत्रका पोकाहरु माथि प¥यो। र उनीहरुले ब्लेडको प्रयोग गरी प्रश्न पत्रको पोको काटेर त्यस भित्रवाट विज्ञान र समाजिक विषयको प्रश्न पत्र निकाले। उक्त प्रश्न पत्रलाई दुवै जनाले आफै सम्म राखेको भए यो प्रकरण सायदै सार्वजनिक हुन्थ्यौ होला। पछि ब्रह्मदेवले दुवै प्रश्न पत्र राजविराज स्थित घरमा रहेका आफ्ना दाजु विष्णुदेव यादवलाई पनि पठाए।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीले एसइईमा सहभागि आफ्ना सहकर्मीलाई सघाउन सुनरैतले प्रश्न पत्र निकालेको वताए। शाहीले एकै ठाउँमा घर भएका र सँगै कार्यरत प्रहरी जवान दिपेन्द्रकुमार मण्डललाई सहयोग गर्न परीक्षा अगावै प्रश्नपत्र निकालिएको वताउँदै उनले भने, ‘पछि सोहि प्रश्न पत्र व्रह्मदेवले राजविराज १० स्थित आफ्ना दाजु विष्णुदेव यादवलाई पठाएको र एकवाट अर्को गर्दा गर्दै सामाजिक सञ्जालमा पुगेको हो।’

पछि विष्णुदेवले मनोज यादव नाम शिक्षकलाई उक्त प्रश्न पत्र दिएको, मनोजले राजेश यादव र राजेशवाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थी र समाजिक सञ्चालनमा पुगेको प्रहरी नायब महानिरिक्षक शाहीले जानकारी गराए। अन्य विषयको प्रश्न पत्रको डिजिटल फरेन्सिक ल्यावको रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ। यस प्रकरणमा प्रश्न पत्र एक अर्कालाई दिने क्रममा आर्थिक चलखेल समेत भएको अनुसन्धानले देखिएको छ। यसवारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

प्रकाशित: २२ चैत्र २०७५ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App