५ वैशाख २०८१ बुधबार
समाज

बारा पुगेर नेता खतिवडाले भने – अवस्था हामीले कल्पना गरेभन्दा बाहिर छ

काठमाडौं– नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले हावाहुरीबाट प्रभावित क्षेत्र कल्पना बाहिर रहेको बताएका छन्। 

प्रभावित क्षेत्र बाराको अवस्था बुझ्न गएका खतिवडाले यहाँको अवस्था निकै पीडादायी रहेको बताए। परवानीपुर पुगेका नेता खतिवडाले जनतामा अझै त्रास रहेको बताए। ‘यो घटना हामीले कल्पन गरेभन्दा फरक छ’, उनले नागरिकसँग भने, ‘सडकमा गाडी लडेका छन्। 

बिजुलीको पोल लडेर उज्यालो पछि छैन।’ त्यहाँ पीडितले सरकारको प्रतिनिधि त्यहाँ पुगेको आवास गर्न नपाएको उनले बताए। ‘सरकार भूकम्पपछि भत्किएका संरचना बनाउन सरकारले पैसा दिने निर्णय गर्‍यौं, त्यसरी नै यहाँको संरचना बनाउन पनि पैसा दिनुपर्ने देखिन्छ’, उनले भने, के कति सहयोग गर्न सकिन्छ हामी पनि सल्लाह गरिरहेका छौं।’ 

प्रकाशित: १८ चैत्र २०७५ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App