coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँकाे लागि छुटेकाे जीप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगा –ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा स्कर्पियो जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ।

हिलेपानीको भडारे खोला नजिक सोलुखुम्बुबाट काठमाडाैं जादै गरेको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा हुँदा ६ जनाको ज्यान गएको हो। ज्यान गुमाएका मध्ये चार पुरुष र दुई महिला छन्।

दुर्घटनामा एक बालक सहित तीन जना गम्भीर घाईते भएका छन्। उनीहरुको उदयपुरको घुर्मीको आस्था मेडिकलमा उपचार भइरहेको छ।

ज्यान गुमाउनेहरुको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र   छ। जीपमा चालक सहित ९ जना सवार थिए।

प्रकाशित: १७ चैत्र २०७५ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App