८ वैशाख २०८१ शनिबार
समाज

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

खोटाङ  – दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका–७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका थिए।

उनलाई बाक्सिला प्रहरी चौकीबाट खटिएको टोलीले घरदेखि माथिको जंगलमा लुकेर बसेको अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

प्रनाउ केसीका अनुसार पक्राउ परेका राईलाई शनिबारै जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको छ। घाइते अष्टबहादुुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि शनिबार बिहान काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १७ चैत्र २०७५ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App