८ वैशाख २०८१ शनिबार
समाज

जनप्रतिनिधि नै बजेटबारे थाहा पाउँदैनन्

बजेट खर्च र विनियोजनबारे प्रश्न राख्दै चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवर। तस्बिर : नागरिक

अछाम - चौरपाटी गाउँपालिकाले केही दिनअघि ०७५/७६ को अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम ग-र्याे।

जनताको गुनासो सम्बोधन गर्न र सेवा प्रवाहका विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सर्वसाधारणको भन्दा जनप्रतिनिधिहरुको गुनासो बढी सुनियो। विभिन्न क्षेत्रमा बजेट विनियोजन, खर्चलगायत विषयमा नै जनप्रतिनिधिहरु अनभिज्ञ रहेको सुनियो। सर्वसाधारणले राखेको प्रश्नको जवाफ दिन छोडेर जनप्रतिनिधिहरु नै आफैलाई प्रश्न गरिरहेका थिए। 

गाउँपालिका उपाध्यक्ष मायाँ कुँवर योजना अनुगमन समिति संयोजक हुन्। तर उनलाई नै यो वर्ष योजना अनुगमन मूल्याकन शीर्षकमा छुट्याइएको २५ लाखबारे जानकारी नै छैन। यो ८ महिनाको अवधिमा १७ लाख ८२ हजार ५ सय ५६ रुपैयाँसमेत खर्च भइसकेको छ। तर यस विषयमा उनलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले विनियोजन बजेट र खर्च विषयमा जानकारी गराउँदा मात्र थाहा भयो।

उनले कार्यक्रममा भनिन्, ‘यस विषयमा मलाई कुनै जानकारी छैन, योजना अनुगमनमा गए पनि मैले एक रुपैयाँ भत्ता लिएको छैन, यो १७ लाख कसरी खर्च भयो? विनियोजन बजेट र खर्चको विषयमा सुन्दा म अचम्ममा परेको छु। कर्मचारीले नै मनपरी तरिकाले शीर्षक बनाएछन्, सार्वजनिक सुनुवाइ कार्यक्रम छ भनेर पनि मलाई केही समयअघि मात्र थाहा भयो उनले भनिन्।

‘जहाँ कमिसनको खेल हुन्छ त्यहाँ खर्च बढी देखिएको छ, वडाध्यक्ष गणेश बोगटीले भने, पूर्वाधार विकास, समाजिक विकास र आर्थिक विकासमा ज्यादै न्यून खर्च भएको छ। तर फर्निचर खरिद, सवारीसाधन खरीदमा धेरै रकम खर्च भएको देखियो,

इन्धन खर्चका नाममा ३ वटा शीर्षकमा रकम विनियोजन गरिएको छ। पदाधिकारी इन्धनमा ५ लाख, इन्धन अन्य प्रयोजन ५० लाख र कार्यालय प्रयोजनमा ३० लाख गरी ८५ लाख रकम विनियोजन भएको छ। मसलन्द तथा सामान खरीदमा ६२ लाख रकम विनियोजन गरिएकोे भन्दै वडाध्यक्ष र सदस्यहरुले विरोध जनाए।

‘जहाँ कमिसनको खेल हुन्छ त्यहाँ खर्च बढी देखिएको छ, वडाध्यक्ष गणेश बोगटीले भने, पूर्वाधार विकास, समाजिक विकास र आर्थिक विकासमा ज्यादै न्यून खर्च भएको छ। तर फर्निचर खरिद, सवारीसाधन खरीदमा धेरै रकम खर्च भएको देखियो, यस सार्वजनिक सुनुवाइ कार्यक्रमबाट चित्तबुझ्दो जवाफ आएन, बजेट कसरी आयो कसरी खर्च हुँदै छ कुनै जानकारी छैन, उनले भने। 

वडासदस्य सुरत कुँवरले गत वर्ष पनि बजेट विषयमा जानकारी नै नभएको र यो पटक पनी त्यस्तै भएको बताए। उनले भने, ‘बजेट विनियोजन खर्चका विषयमा हामीलाई नै थाहा छैन, सुन्दा पनि मनपरी आफ्नै खल्तीको पैसा खर्च गरेको जस्तो देखियो, हामीलाई नै बजेट खर्चबारे थाहा छैन, सोझासाझालाई झन् के होला? हामीले नै सूचनाको हकसम्बन्धी कानुन प्रयोग गरी जानकारी माग्नुपर्ने अवस्था छ,’ उनले भने।’

०७५/७६ का लागी गाउँपालिकामा कुल बजेट ३० करोड ५४ लाख ६५ हजार विनियोजन भएकोमा १४ करोड २६ लाख ३६ हजार ६ सय ६२ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए।

 

प्रकाशित: १५ चैत्र २०७५ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App