coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

चितवन - खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

मंगलबार बिहान १०ः३० बजे पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत गणेश चोकमा वीरगंजबाट भरतपुरतर्फ आउँदै गरेको ना४ख ९९८१ नम्बरको ट्रकले भरतपुरबाट हेटौडा जाँदै गरेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय भोमबहादुर पुलामी मगरको मृत्यु भएको हो। उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडी बसेकी मृतक मगरकी श्रीमती ३० वर्षीया कालीमाया र ८ वर्षीय छोरा लिलबहादुर गम्भीर घाइते भएका छन्। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १२ चैत्र २०७५ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App