१६ चैत्र २०८० शुक्रबार
समाज

जन्मदिनमा आर्थिक सहयोग

कुमाल दम्पतीलाई सहयोग हस्तान्तरण गरिँदै ।    तस्बिरः नागरिक

कोहलपुर – दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

जन्मदिनमा गरिने खर्च सामाजिक सेवामा लगाउने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ। सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित पत्रकारहरूले गुरुङले गरेको कामको प्रशंसा गरे। यसैबीच कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले पनि दुई हजार रुपैयाँ सहयोग गरे।

२०६९ फागुन १२ गते करेन्ट लाग्दा उनले दुवै हात गुमाउनु परेको थियो। स्काभेटर सिक्नका लागि लमजुङ पुगेका उनलाई ग्रिज बदल्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका उनी ३ महिनापछि मात्रै होसमा आएका थिए। होसमा आउँदा ६ महिनाअघि बिहे गरेकी श्रीमती छाडेर गइसकेकी थिइन्। घरमा पनि उनलाई गर्ने व्यवहार परिवर्तन आयो।

‘मेरो जीवनमा एलिना नआएको भए, म कुनै कुनामा बसिरहेको हुन्थे होला’, उनले भने। दुई वर्षअघि रुकुमकी एलिनाले उनलाई साथ दिन आइन्। उनीहरूको भेट फेसबुकमार्फत् भएको थियो। सुरेशले खुट्टाले फेसबुक चलाउने गर्छन्। उनले एसइई पनि खुट्टैले लेखेर दिएका थिए। खाने, पिउने काम पनि खुट्टाकै सहाराले गर्छन्। अहिले उनीहरू सहयोगको याचनासहित विभिन्न ठाउँमा धाइरहेका छन्। 

प्रकाशित: १२ चैत्र २०७५ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App