८ वैशाख २०८१ शनिबार
समाज

शिक्षामन्त्रीसमक्ष प्राविधिक शिक्षाको माग

प्राविधिक शिक्षा सञ्चालनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई माग पेश गर्दै खोटाङका जनप्रतिनिधिलगायत। तस्बिर : नागरिक

खोटाङ – खोटाङका जनप्रतिनिधिले जिल्लाका दुई विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनको माग गरेका छन्।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, पूर्व–सभासद दुर्गाजयन्ती राई, समिता कार्कीलगायतको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय मावि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माविमा सिभिल इन्जिनिाा सञ्चालनका लागि माग राखेका हुन्।

ती विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि अभिभावक र विद्यालयका तर्फबाट मन्त्री पोखरेललाई लिखित माग पेश गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई खोटाङमार्फत शिक्षामन्त्रीसमक्ष प्राविधिक शिक्षाको माग राखिएको श्री माविका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए।

साधारण शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अनुभव गर्दै प्राविधिक शिक्षालयको स्थापनाका जनप्रतिनिधि तथा अभिभावकले शिक्षामन्त्री गुहारेका हुन्।

प्रकाशित: १२ चैत्र २०७५ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App