७ वैशाख २०८१ शुक्रबार
समाज

ग्यास सिलिण्डर पड्किँदा २ को मृत्यु, दुई बेपत्ता !

सिन्धुपाल्चोक– जिल्लाको भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको क्याम्पमा सोमवार साँझ ग्यास सिलिण्डर पड्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना वेपत्ता भएका छन्। 

आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको भान्सामा साँझ पौने ५ बजेतिर एक्कासी ग्यास सिलिण्डर पड्किएको थियो। 

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीकाका अनुसार भान्सामा रहेका ४ मध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। दुई वेपत्ता छन्। ‘उनीहरु भागे वा अरु कुनै घटना भयो, अनुसन्धान गरिरहेका छौं’, उनले भने।  

भान्सामा शव भेटिनेमा हुम्लाका सन्दुप लामा, दोलखाका भाइकाजी शेर्पा रहेको एसपी मरासिनीले बताए। वेपत्ता हुनेमा भान्सामा रहेरै सम्पर्कमा आउन नसकेका गोपाल श्रेष्ठ र यचयम थापा मगर छन्। 

घटनाको विस्तृत अनुसन्धान सुरु गरेको एसपी मरासिनीले बताए। शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले त्यहाँ २२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। 

प्रकाशित: ११ चैत्र २०७५ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App