१६ चैत्र २०८० शुक्रबार
समाज

बलात्कार गर्नेलाई साढे ७ वर्ष कैद फैसला

रुकुम–बलात्कारको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम (पश्चिम)ले साढे ७ वर्षको कैद सजायको फैसला गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका १ चन्दनाथ टोलमा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्तीलाई अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।

गत असोज २५ गते राती महिला कोठामा एक्लै भएको अवस्थामा उनले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका घर्तीलाई जिल्ला अदालतले थप अनुसन्धान गर्न पूर्वक्षका लागि कारागार चलान गरेको थियो। आइतबार जिल्ला न्यायधिस आत्मदेव जोशीको इजलासले घर्तीलाई ७ वर्ष ६ महिना कैद सजायका साथै १५ हजार जरीवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवरहरि सुवेदीले जानकारी दिए। जरिवाना वापतको रकम पिडित महिलालाई क्षतिपुर्ती उपलब्ध स्वरुप उपलब्ध गराइने उनले बताए। 

प्रकाशित: ११ चैत्र २०७५ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App