६ वैशाख २०८१ बिहीबार
समाज

चोरीका मोटरसाइकलसहित पक्राउ

धादिङ – जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए।

मोटरसाइकल हराएको सूचना पाउनेबित्तिकै खोजीका लागि प्रहरी खटिएको र प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो। पक्राउ परेकाहरूका साथबाट बा७२प ९५९८ नम्बरको २२० सिसि पल्सर, बा९०प ३३६० नम्बरको यामाहा आर१५ र बा८५प ११६९ नम्वरको २०० सिसि पल्सर एन एस मोटरसाइकल चाबी फुटाएको अवस्थामा बरामद गरिएको छ।

मोटरसाइकल सहित पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गाउँपालिका वडा न ३ बस्ने किप्पा तामाङ, संजय लामा र धादिङ खनियाबास गाउँपालिका वडा नं ५ का घन बहादुर गुुुुरुङ रहेका छन्। हराएको मोटरसाइकल खोजी गर्दै जाँदा शंकास्पद अवस्थामा तीन युवाहरुलाई भेटेपछि सोधपुछको क्रममा बाइकको काजगपत्र नभएपछि अनुसन्धान गर्दै जाँदा चोरीको भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदातलबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

प्रकाशित: ११ चैत्र २०७५ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App