१६ चैत्र २०८० शुक्रबार
समाज

दोषीलाई कारबाही गर्न फ्रिडम फोरमको आग्रह

सर्लाही – पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमणमा संलग्न दोषी यथाशीघ्र पक्राउ गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन फ्रिडम फोरमले आग्रह गरेको छ।

नेपाल हासंघका पूर्व–अध्यक्ष तथा फोरमका कार्यकारी अध्यक्ष तारानाथ दाहालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र पठाउँदै त्यस्तो आग्रह गरेका हुन्। ‘रेडियो सर्लाहीका स्टेसन म्यानेजर सोम दियालीलाई एक समूहले निर्घात कुटपिट गरेको घटनाका दोषी पत्ता लगाई न्याय सम्पादनमा सहयोग पु¥याउन माग गर्दछौं,’ फोरमद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘शीघ्र न्याय सम्पादनमा हुने सहयोगले पत्रकारविरुद्ध हुने हिंसासम्बन्धी दण्डहीनता अन्त्य गर्न सहज हुने अपेक्षा राखिएको छ।’

दियालीमाथि माघ २९ गते हरिवनस्थित सुखेपोखरी मन्दिर नजिकको चिया पसलमा आक्रमण भएको थियो। आक्रमणमा संलग्न मुख्य आरोपी हरिवन–९ का भीमप्रसाद रेग्मी र बागमती–१ का समीर गुरुङ फरार छन्। घटना भएको लामो समय बितिसक्दासमेत प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले उनीहरुको खोजी भइरहेको भन्नेबाहेक अन्य प्रगति देखाउन सकेको छैन।

सर्लाही जिल्ला अदालतले फागुन २८ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। आक्रमण भएको स्थानमा पत्रकार दियालीलाई पटक–पटक चिया पिउन बोलाउने हरिवन–११ का २० वर्षीय इरफान देवान तत्कालै पक्राउ परेका थिए। तर उनी अदालतमा तीन लाख ५० हजार धरौटी बुझाएर फागुन ३० गते छुटिसकेका छन्।

प्रकाशित: १० चैत्र २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App