coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट छ महिने शिशुको मृत्यु

चितवन– इच्छाकामना गाउँपालिका वडा नम्बर २ को काउलेमा शुक्रबार आगलागी हुँदा छ महिने शिशुको मृत्यु भएको छ। दिउँसो करिब ३ बजे घरमा लागेको आगलागीमा रामबाबु प्रजाको ६ महिने छोरा शिव प्रजाको मृत्यु भएको हो। आगलागीमा जलेर शिशुको घटनास्थलमा नै मृत्यु भएको हो। 

आगलागीबाट ३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट रामबाबु चेपाङसँगै रामकृष्ण चेपाङ र दिपक चेपाङको घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक नविनराज बुढाथोकीले जानकारी दिए। 

आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए।

प्रकाशित: ८ चैत्र २०७५ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App