८ वैशाख २०८१ शनिबार
समाज

निर्बाध गुड्छन् प्रदूषण जाँचमा फेल भएका सवारीसाधन (भिडियाे)

काठमाडाैं - सरकारले मुलुकभरका चारपांग्रे सवारीसाधनमा प्रदूषण जाँचपास गरी हरियो स्टिकर लिनुपर्ने नियम अनिवार्य गरेको छ।

सवारी साधनबाट निस्कने धुवाँले वायु प्रदूषण बढेसँगै सरकारले सवारी प्रदूषण जाँचपासको व्यवस्था गरेको हो। प्रदूषण जाँच्ने मेसिन पर्याप्त नहुँदा र नियम फितलो बन्दा यो व्यवस्था पूर्ण रूपमा कायान्वयनमा आउन सकेको छैन। 

ट्राफिक महाशाखाको तथ्यांकअनुसार गत साउनदेखि फाुगन मसान्तसम्म १ हजार ४० वटा सवारीसाधन प्रदूषण जाँचमा फेल भएका थिए। प्रदूषण जाँचमा फेल भए पनि ती सवारीसाधन निर्बाध रुपमा राजधानीमा गुडिरहेका छन्। तर महाशाखाले भने सवारी जाँचमा फेल भएका त्यस्ता सवारीसाधानमाथि निगरानीका साथै कारबाही गरेको दाबी गरेको छ। 

प्रदूषण जाँचक यन्त्र पर्याप्त रुपमा उपलब्ध नहुँदा पनि सवारी जाँच प्रभावकारी बन्न सकेको छैन। प्रदूषण परीक्षमा फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिने व्यवस्था गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन।

सरकारले राखेको नीति नियम सकारात्मक भए पनि इन्धनका साथै सडकको दुरवस्थाका कारण पनि सवारीसाधानमा समस्या आउने गरेको सवारी चालकहरुले बताउँदै आएका छन्। 

विशेष गरी चक्रपथभित्र प्रदूषण जाँच पास गरी हरियो स्टिकर नटाँसिएका गाडीलाई प्रवेशमा रोक लगाइएको छ। सिंहदरबार आसपास, पुतलीसडक, ठमेल, दरबारमार्ग, विमानस्थल, न्युरोड र दरबार स्क्वायर क्षेत्रमा यसअघि नै हरियो स्टिकर नटाँसेका सवारीलाई निषेध गरिसकिएको महाशाखाले जनाएको छ। अर्काेतर्फ सरकारी नियम र ट्राफिक प्रहरीको सक्रियताले मात्र नभई स्वयं सवारीचालक पनि यसप्रति सचेत हुनु आवश्यक छ।

कानुनअनुसार निजी सवारीधनले प्रत्येक वर्ष र सार्वजनिक सवारीसाधनले प्रत्येक ६/६ महिनामा विभागबाट प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ।

 

प्रकाशित: ८ चैत्र २०७५ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App