१६ चैत्र २०८० शुक्रबार
समाज

होली मनाउने क्रममा झगडा, छुरा हानी एकको हत्या

धरान– होली मनाउने क्रममा झगडा हुँदा बिहीवार धरानमा एक युवाको छुरी हानी हत्या भएको छ। धरान ९ स्थित बगैंचा लाइनमा भएको झगडामा एक युवाको हत्या भएको हो। 

हत्या हुनेमा धरान ८ स्थित सिद्धार्थ मार्ग लाइनका निमा तामाङ रहेका छन्। दिउँसो करिब ४ बजेतिर उनीमाथि छुरा प्रहार भएको थियो। उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याए लगत्तै मृत्यु भएको प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए। ‘सवा ४ बजेतिर ल्याइपुर्याएको थियो, उपचार गर्दागर्दै मृत्यु भयो’, सई पराजुलीले भने।

मृतक तामाङसँगै उनको साथी मिलन बिकलाई पनि उपचारमा पुर्याइएको थियो। उनी भने सामान्य घाइते मात्र भएको सई पराजुलीले बताए। उनका अनुसार मृतक तामाङको दाहिने छातीमा छुरा प्रहार भएको छ। घटनामा संलग्न युवाहरु फरार रहेको र खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। 

बिहीबारै होली मनाउने क्रममा झगडा गर्न खोज्ने तथा उच्छृंखल २१ जना युवाहरुलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो। ती मध्ये ५ जनासँग घरेलु हातहतियार पनि भेटिएको इलाका प्रहरी कार्यालले जनाएको छ। पक्राउ परेकाहरुलाई फिल्टर गर्ने काम प्रहरीले गरिरहेको छ। ‘विभिन्न ठाउँबाट २१ जना समातिएका छन्, उनीहरुलाई फिल्टर गर्छौं, हतियारसहित समातिएकालाई मुद्दा चलाउछौं’, डिएसपी सुमन तिम्सिनाले भने। 

प्रकाशित: ७ चैत्र २०७५ १५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App