coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा उल्लासमय होली

विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत।    तस्बिरः नागरिक

विराटनगर – विराटनगरमा  हर्षोल्लासकासाथ होली पर्व मनाइएको छ। बिहीबार बिहानैदेखि एक नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको विराटनगरका विभिन्न स्थानका सर्वसाधारण भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरिरहेका छन्।

प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूसमेत होलीका अवसरमा शुभकामना दिन होलीका कार्यक्रममा सहभागी भएका छन्। बिहीबार बिहान विराटनगर महानगरपालिकाले आयोजना गरेको होली कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत सहभागी भएका थिए।

कार्यक्रममा आयोजित नाचगानमासमेत उनीहरू सहभागी भए। विराटनगरका विभिन्न संघ संस्था, युवा समूहहरूले पनि होलीका कार्यक्रम आयोजना गरिरहेका छन्। विराटनगरको पुष्पलाल चोक, भट्टा चोक, पोखरियालगायतका सथानमा मड्का फोड प्रतियोगितासहित होली कार्यक्रम आयोजना भइरहेको छ। तराईको प्रमुख पर्व मध्येको होली पनि हो। विराटनगरमा होलीका दिन बजार, होटल, पसल लगायत बन्द रहेका छा्। सडकमा पनि सवारी साधन छिटफुट मात्रै सञ्चालन भएको छ।

होलीमा अवाञ्छीत गतिविधि हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। विराटनगरका विभिन्न स्थानमा सावारी चेकजाँचमा ट्राफिक प्रहरी व्यस्थ देखिन्छन्। नगरमा प्रहरीले गस्तीसमेत बढाएको छ। होलीमा अवाञ्छीत क्रियाकलाप हुन नदिन शुरक्षा व्यवस्था कडा पारिएको मोरङका प्रहरी प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। 

 

प्रकाशित: ७ चैत्र २०७५ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App