७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल विश्वको १०० औं खुसी देश

काठमाडौं– नेपाल विश्वका खुसी देशको सूचीमा १०० औं स्थानमा परेको छ।संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा बुधबार सार्वजनिक गरेको ‘वर्ल्ड हेप्पीनेस’ सर्वेक्षणअनुसार १५६ देशमध्ये नेपाल ४।९१ अंकसहित १०० औं स्थानमा परेको हो।

दक्षिण एसियामा सबैभन्दा खुसी देशमा पाकिस्तान अग्रस्थानमा छ। पाकिस्तान ६७ औं स्थानमा छ। सार्वजनिक सूचीमा भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३०, भारत १४० र अफगानिस्तान १५४ औं स्थानमा छ।

आय, स्वतन्त्रता, विश्वास, स्वस्थ आयु, सामाजिक स्थायित्व तथा आत्मियताका आधारमा खुसी मापन गरिएको हो। 

फिनल्याण्ड संसारकै खुसी देश

सर्वेक्षणअनुसार फिनल्याण्ड संसारकै खुसी देशमा परेको छ। फिनल्याण्डले ७।७६ अंक पाएको छ। फिनल्याण्ड तीन वर्षयता लगातार पहिलो स्थानमा पर्दै आएको छ।

त्यस्तै, दोस्रो खुसी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैठौंमा स्वीटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया छ।

प्रकाशित: ६ चैत्र २०७५ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App