६ वैशाख २०८१ बिहीबार
समाज

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

रुकुम– नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत रुकुमकोटका सूचना अधिकारी निर्मला शर्मा जानकारी दिइन्। नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले गौतमलाई जन्मकैदको फैसला गरेर कारागार चलान गर्न आदेश दिएको उनले बताइन्। गत माघ ११ गते दिउँसो १ बजे बालिकालाई बलात्कार गर्दै गर्दा प्रहरीले गौतमलाई रङ्गे हात फेला पारेको थियो। 

बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गौतम यसअघि पनि जबरजस्तीकरणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। 

प्रकाशित: ६ चैत्र २०७५ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App