coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मृतकका परिवारलाई प्रदेशको राहत

चेक हस्तान्तरण गर्दै प्रदेश सांसद बेची लुङ्गेली।    तस्बिरः टंक/नागरिक

सर्लाही – बस दुर्घटनामा मृत्यु भएका हरिपुर नगरपालिका–९, पिडारी ढापटोलका तीन जना मृतकका परिवारलाई मंगलबार प्रदेश सरकारले राहतस्वरूप नगद सहयोग प्रदान गरेको छ।

दुर्घटन मृत्यु भएका राजेन्द्र चौधरी, जगदीश ठाकुर र रामपृत साहका परिवारलाई एक–एक लाख रुपैंया सहयोग प्रदान गरिएको हो। कमला खोलामा लाग्ने भूत–मेलामा सहभागी हुन पिडारी गाउँबाट गएको रिजर्भ बस गत मङ्सिर ६ गते दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए।

प्रदेश सांसद बेची लुंगेलीले मृतकत्रय क्रमशः चौधरीकी श्रीमती पवित्रा देवी, ठाकुरकी श्रीमती विणा देवी र साहकी श्रीमती चन्द्रकला देवीलाई राहतस्वरूप एक–एक लाख रुपैंयाको चेक प्रदान गरिन्। हरिपुर नगरपालिका–९ का वडाध्यक्ष हरिनाथप्रसाद साहको अध्यक्षता भएको राहत सहयोग प्रदान कार्यक्रममा नगरप्रमुख जमरुद्दिन मन्सुरलगायतको उपस्थितिरहेको थियो।

प्रदेश सांसद लुङ्गेलीले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त विपन्न भएकाले प्रदेश सरकारबाट नगद सहयोग प्रदान गरिएको बताइन्। दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइरहेकालाई समेत प्रदेश सरकारबाट यथासक्य सहयोगका लागि पहल भइरहेको समेत उनले जानकारी दिइन्। मृतक तथा घाइतेका परिवारलाई दुर्घटनालगत्तै हरिपुर नगरपालिकाले तीन लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो।

त्यसैगरी, हरिवन नगरपालिकाले आगलागीपीडित अति विपन्न परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गरेको छ। मंगलबार दिउँसो मेयर गणेश प्रसाईले हरिवन–११, बालगङ्गाका आगलागीपीडित शेष जवैयरलाई नगद हस्तान्तरण गरेका थिए।

गत फागुन २९ गते जवैयरको घरमा आगलागी हुँदा पन्ध्र लाख बराबरको धनमाल नष्ट भएको थियो। केही समयपछि हुने छोरीको विवाहका लागि जोडेर राखेका सुनचाँदीका गरगहना, फर्निचरलगायत सामान जलेका थिए।

प्रकाशित: ६ चैत्र २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App