१५ चैत्र २०८० बिहीबार
समाज

अख्तियारमा एसपीको नेतृत्वमा प्रतिजासुस युनिट

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारमा कार्यरत नेपाल प्रहरीका एसपीको नेतृत्वमा प्रतिजासुस युनिट गठन गरेका छन्।

अख्तियार अन्तर्गत अनुसन्धानमा खटिएका प्रहरी र निजामति कर्मचारी नै घुस असुल्ने तथा पदीय मर्यादाविपरितका गतिविधिमा संलग्न हुने गरेका तथ्य र प्रमाण एकपछि अर्को बाहिर आउँन थालेपछि प्रमुख आयुक्त नविन घिमिरेले अनुसन्धानमाथी पनि निगरानी गर्न एसपीको नेतृत्वमा प्रतिजासुस युनिट स्थापना गरेका हुन। प्रमुख आयुक्त घिमिरेको यो निर्णयसँगै अख्तियारमा जासुस निकायको रुपमा स्टिङ अपरेसन टिम र प्रतिजासुस युनिट देखिएका छन्।

प्रतिजासुस युनिटले अख्तियारका पदाधिकी देखि अनुसन्धानमा खटिएका सबै कर्मचारी तथा अन्य राष्ट्रसेवक कर्मचारीमाथी निगरानी गर्ने छ।

केही दिन अघि मात्रै प्रमुख आयुक्त घिमिरेले प्रतिजासुस स्थापनाबारे गोप्य छलफल गरेका थिए। प्रमुख आयुक्त घिमिरेको यो कदमसँगै अख्तियारका कामकारबाहीमा तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका पालामा देखिएको प्रहरी हावी हुने स्थिति पुनः दोहोरिएको हो।

तत्कालिन प्रमुख आयुक्त कार्कीले एसपीकै नेतृत्व रहनेगरी ६ वर्ष अघि नै ‘स्टिङ अपरेसन टिम’ स्थापना गरेका थिए। यो संयन्त्रलाई सेवाग्राहीसँग घुस असुल्ने तथा विचौलिया र कर्मचारीको मिलेमतोमा निजी तथा सार्वजनिक सम्पत्ति हडप्नेमाथी निगरानीमा परिचालन गरिएको थियो।

तर पछिल्लो केही वर्षयता अख्तियारकै स्टिङ र नियमित अनुसन्धानमा खटिने प्रहरी तथा कर्मचारी गैरकानुनी गतिविधिमा पक्राउ परेपछि आन्तरिक कामकारबाहीलाई सुक्षम निगरानी तथा विश्लेषणको मूख्य जिम्मेवारी सहित प्रतिजासुस युनिट स्थापना गर्नुपरेको स्रोत बताउँछ।

यो युनिटलाई अख्तियारका जासुस र अनुसन्धान अधिकृत देखि अन्य सार्बजनिक सेवा प्रवाहसँग जोडिएका संयन्त्रका कामकारबाहीमाथी पनि निगरानी राख्ने छ।’

प्रतिजासुस युनिटका लागि प्रहरी र केही निजामति कर्मचारी व्यवस्थापन कार्य अघि बढिसकेको अख्तियार उच्च स्रोतले बतायो। प्रतिजासुस संयन्त्र प्रमुख आयुक्तको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रहने स्रोतको भनाई छ।

‘अख्तियारका कामकारबाही प्रभावकारी, चुस्त र पारदर्शी बनाउनकै लागि प्रतिजासुस संयन्त्र स्थापना गर्नुपरेको हो,’ स्रोतले भन्यो, ‘केन्द्र र सातवटै प्रदेश स्थित अख्तियारका कार्यलयबाट खटिने नियमित कर्मचारीको पनि यसले सुक्षम निगरानी गर्ने छ।’

प्रकाशित: ५ चैत्र २०७५ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App