coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सहयोगको लागि आग्रह

धादिङ – धादिङ तिप्लिङकी रोमी सेठी (१९) यति बेला थापाथलीस्थित प्रसूती गृहको बेड नम्बर १०७ मा उपचार गराउँदै छिन्। सुकेको ओठ, गुजुल्टो परेको कपाल अनी पिरले भित्र गडेका आँखा लिएर रोमी यति बेला सहयोगको आसमा अस्पतालको शैयामा छिन्। 

थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएकी उनी बिगत ४ दिनदेखि अस्पतालमा उपचार गराउँदै छिन्। अस्पतालको बेडमा लम्पसार परेकी रोमीले नजिकै १ किलो, ३ सय ग्रामको बच्चा हेरेरै दिन बिताउँने बताउँछिन्। ‘यहि बच्चाको चिन्ता छ, म निकै कमजोर भैसके’ रसिला आँखा बनाउँदै उनले भनिन्। सहयोगी मनहरूबाट केहि सहयोग पाएपछि निको भएर घर फर्कन्छु भन्ने आस पलाएको उनीले बताइन्। 

उनी भन्छिन्, ‘बस्ने र खाने टुंगो छैन्, त्यस माथि बिरामी ज्यान, श्रीमानको कमाई छैन् म त अलपत्रै परेकी छु।’ सहयोग गर्नुहुने सहयोगी मनहरूलाई धन्यवाद दिँदै उनी भन्छिन्, ‘घर फर्किन समेत पैसा छैन, यहाँहरू कै सहयोगले अलिक तंग्रिएर छोरीलाइ लिई घर जाने रहर छ।’ चार दिनसम्म अस्पताल बसेकी उनीलाई डाक्टरले अझै हप्ता दिन जती राख्नुपर्ने बताए।

कम उमेरमै आमा भएकी रोमीको किट्नीमा समस्या भएको आशंका गरि किट्नी सम्बन्धि चेकजाँच भइरहेको छ। सुत्केरीले प्रयाप्त मात्रामा पाउँनुपर्ने स्यहार र पोषणतत्वको कमीले गर्दा बच्चामा समेत असर पर्छकी भन्ने पिरमा छन् रोमीका श्रीमान दिलबहादुर।

‘म लाचार छु, यो अन्कन्टार शहरमा एक्लै केहि गर्न सकिन’ सुकेको स्वरमा उनले भने। घर जान पैसा समेत नभएर अरुकोमा शरणमा बस्दा झन समस्या आएको उनी बताउँछन्।  ‘जसो तसो निको भएर घर जाउँला भन्ने आस थियो, उनी भन्छन्, ‘झन बिरामीले च्याप्दाँ के कसो गर्ने केहि बुझ्न सकेको छैन।’ 

घरबाट लिएर आएको केहि रकम पहिला नै सुत्केरी हुँदा सकिएपछि समस्या बढेको उनी बताउँछन्। उनी भन्छन्, ‘त्यसै गरिब छौ हामी, सरसापट गर्नु भनौ कहाँ भनौ, यो काठमाडौंमा आफन्त कोहि छैनन्, धन्न नचिने कै भएनी दाइहरूले सहयोग गर्नु भएको छ, हामीलाई पाल्नु भएको छ।’ 

सहयोगी मनहरू नै मेरो लागि भगवान हुनुहुन्छ, हाम्रो उद्धारको लागि सकेको आर्थिक सहयोग गरिदिनु अनुरोध गर्दछु।’ सहयोगको लागि ९८६९५२७५६७/९८१३१९७११३ नम्बरमा सम्पर्क गर्न सकिने अथवा थापाथली स्थित प्रसुती गृहमा १०७ बेडमा आएर सहयोग गर्न सक्ने उनले अनुरोध गरे ।

प्रकाशित: ५ चैत्र २०७५ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App