१९ श्रावण २०७७ सोमबार
समाज

जन्ती बसले किच्दा भारतीय युवकको मृत्यु

सर्लाही- जन्ती बसले किच्दा विहिबार एक भारतीय युवकको मृत्यु भएको छ । भारतको सितामाढीबाट सदरमुकाम मलंगवा जन्ती आएका सितामढी मोहनपुर निवासी २३ वर्षीय अमरनाथ रायको मृत्यु भएको हो। मलंगवा नगरपालिका–१ भेडियाहीमा विबाहको जन्ती बोकेर आएको बि आर ३० पी ३०२७ नम्बरको बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। राय सोही बसमै चढेर जन्ती आएका थिए।

अत्यधिक मदिरा सेवन गरेर बसको तल सुतिरहेका रायलाई नदेख्दा चालकले बस हाँकेपछि उनलाई किचेको अनुमान गरिएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर कारबाही  प्रकृया अगाडि बढाईएको प्रहरीले बताएको छ।

 

 

प्रकाशित: ३० फाल्गुन २०७५ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App