८ वैशाख २०८१ शनिबार
समाज

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानविन गर्न अख्तियारलाई सिफारिस

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियारले विगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा विस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा पठाइएको छ। 

प्रतिष्ठानमा विगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका तथा सरकारले गठन गरेका दुइटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निर्णय गरी अख्तियारमा पठाएका हुन्। मन्त्रीको निर्णयअनुसार बुधबार कारवाहीका लागि अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा पठाइएको हो। 

अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका अनियमित कार्यहरुको छानविन प्रतिवेदनसमेत पेश गरिएको छ। 

प्रकाशित: २९ फाल्गुन २०७५ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App