१५ चैत्र २०८० बिहीबार
समाज

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

साधनश्रोतको अभावमा कोहीपनि छात्राहरु विद्यालयको अध्यापन गर्नबाट बंचित नहुन भने उद्देश्यबाट आज दुर्गा भगवती गाउँपालिकाका चालु आर्थिक बर्षको बजेटबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गरिएको गापा प्रमुख साहले बताए।

साइकल वितरण कार्यक्रमको सुरुआत गर्दै जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले शिक्षाको दृष्टिकोर्णबाट अधिराज्यभरीमा रौतहट धेरै पछि परेको अवस्थामा स्थानीय तहबाट छोरीलाई विद्यालय अध्ययन गर्न प्रोत्साहन गर्न साइकल वितरण अति नै सह्रानीय कार्य भएको बताए। छोरा शिक्षित भए एक परिवार मात्रै शिक्षित हुने तर छोरीलाई साक्षर बनाएमा दुई परिवार शिक्षित तथा सभ्य परिवारको निर्माण हुने भएको हुँदा दुर्गा भगवती गाउँपालिकाबाट साइकल वितरण कार्यबाट सामुदायिक विद्यालयमा छोराछोरीलाई अध्यापन गराउन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाले विद्यालय जान टाढा रहेका कारण कतिपय अवस्थामा अभिभावकहरु छोरीलाई अध्ययन गर्न विचमै छोडाउने बानी तराईका जिल्लाहरुमा विकसित रहेको हुँदा आज गाउँपालिकाद्धारा छोरीहरुलाई साइकल वितरण मार्फत विद्यालय शिक्षालाई अनिवार्य रुपमा पुरा गर्नमा मद्दत पुगेको जिकिर गरे। प्रदेश सरकार र संघिय केन्द्रीय सरकार पनि सामुदायिक विद्यालय प्रति जनताहरुको झुकाव एवं भर्ना गराउन विभिन्न अभियान चलाइरहेको बताउदै उनले यस्ता किसिमको कार्यक्रमबाट छोरीहरुलाई विद्यालय शिक्षा प्रति जागरुक्ता बढाने बताए।

गाउँपालिका अध्यक्ष अरुण साहले छोरीलाई राम्रो शिक्षा दिएर मात्रै उनीहरुलाई आत्मनिर्भर बनाउन सकिने छ। छोरी साक्षर नभए समाज तथा आउँदो पुस्ता अशिक्षित भई सधै वेरोजगारी, गरिवी बढ्ने भएको हुँदा अनिवार्य रुपमा छोरीलाई उच्च शिक्षा दिएर केन्द्रीय सरकारको अभियान विहावारी २० बर्ष पारी जस्ता अभियानलाई समेत मद्दत पुग्ने बताए। शिक्षाले दाईजो, अन्धविश्वास जस्ता समाजमा व्याप्त रहेका कुरुतीहरुलाई निर्मुल पार्न सकिने भएको हुँदा दुर्गा भगवती गाउँपालिकामा गुणस्तरिय शिक्षा प्रदान गर्न र कोही पनि बालकालिकाहरु विद्यालय बाहिर नरहुन भने अभियानमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने स्पष्ट पारे।

“संस्कृत मावि मत्सरीमा कक्षा ९ मा अध्ययनरत छात्रा काजल झाले विद्यालय तथा टिउसन जान निकै कठिनाई भईरहेका थिए, कतिपय अवस्थामा विद्यालयको अध्ययन छाड्न विवशता बढ्दै जाँदा म जस्ता २५३ जनालाई गाउँपालिकाबाट साइकल उपहार स्वरुप पाउदा निकै खुशी लागेको बताइन। हामी अध्ययन गर्न चाहन्छु तर विभिन्न परिस्थितिका कारण विद्यालयको पढाई विचमै छोड्नु पर्ने हाम्रो विवशतालाई पनि स्थानीय तह वा नेपाल सरकारले बुझनुपर्दा म जस्ती कयौं चेलीहरुको भविष्य उज्जवल हुनेछ तर जे भएपनि साइकल उपहार प्रदान गर्ने गाउँपालिका प्रति आभार व्यक्त गरिन।”

छात्राहरुलाई गाउँपालिकाकाबाट साइकल प्राप्त भएपछि अभिभावकहरुले पनि खुसी व्यक्त गरेका छन्। बालिका शिक्षामा साइकलले सकारात्मक प्रभाव पार्ने विश्वास अभिभावकहरुले लिएका छन्। 

प्रकाशित: २७ फाल्गुन २०७५ १६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App