coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीन महिलालाई सम्मान

खोटाङ – अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खोटाङका तीन महिलालाई सम्मान गरिएको छ। उद्यम विकास तथा गीतसंगीतका क्षेत्रमा क्रियाशील महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार सम्मान गरिएको हो।

दिक्तेलबजारमा सुनचाँदी व्यवसाय अपनाएर सफल उद्यमीकारुपमा स्थापित व्यवसायी गीता शंकर, संगीत क्षेत्रमा क्रियाशील दिप्रुङ चुईचसम्मा गाउँपालिकाकी प्रवृत्ति राई र फरक क्षमता भए पनि घरेलु उद्योग क्षेत्रमा सफल भएकी खार्मीकी उद्यमी धनकुमारी राईलाई दोसल्ला ओढाएर जनही ५ हजार ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। ती महिलालाई जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले सम्मान गरेका हुन्।

महिला दिवसका अवसरमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरीय लोकदोहोरी प्रतियोगीतामा प्रथम स्थान प्राप्त राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान खोटाङ, दोस्रो स्थान प्राप्त महिला जनशक्ति समिति खिदिमा र महिला अधिकार मञ्च जालपालाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार पुरस्कार प्रदान गरिएको छ। यस्तै, दिवसकै अवसरमा आयोजित नगरस्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रथम बनेका जगदम्बा मावि वुइपाकी उषा घिमिरे, दोस्रो स्थान प्राप्त पञ्च मावि दिक्तेलकी सुशीला आचार्य र सरस्वती मावि दिक्तेलकी अनुषा खत्रीलाई पनि जनही पुरस्कार प्रदान गरिएको छ। दिवस समापनकै क्रममा आयोजित म्युजिकल चेयर प्रतियोगीतामा प्रथम बनेकी मैया आचार्य, दोस्रो स्थान प्राप्त निर्मला आचार्य र तेस्रो स्थान प्राप्त कमला राईलाई पनि पुरस्कार प्रदान गरियो।

प्रकाशित: २५ फाल्गुन २०७५ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App