coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या भएको भन्दै आफन्तले शव बुझेनन्

मृतक नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्का

धनगढी – कंचनपुरको २५ नम्वर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्काको गण भित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन। सेना दिवसको दिन गत सोमवार (फागुन २०) गते बिहान खड्काको इन्सास राईफलको गोली चिउडोवाट लागेर ज्यान गएको थियो।

चिउडोवाट लागेको गोली माथी टाउकोवाट निस्केको थियो। उनको शव सेती अंचलअस्पतालको शव गृहमा राखिएको छ। जाजरकोट वाट आएका उनका पत्नी, वुवा, दाजु लगायतका आफन्तले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरेर खड्काको गणभित्र योजनाबद्ध ढंगले हत्या भएकोले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका हुन। नेपाली सेनाले आत्महत्या भनेर पहिले भनेको भन्दै उनीहरुले आक्रोश समेत पोखेका छन।

‘घटनाको प्रकृती र सेनाका अधिकारीको भनाई तथा व्यवहारले हत्या भएको देखिन्छ’उनका दाजु नविन कुमार खड्काले भने। घटनाको अघिल्लो दिन टेलिफोनमा उनी सँग कुरा भएको उनको पत्नी  हिमाली ज्योती खड्काले बताइन्। ‘वहाँ खुशी नै हुनुहुन्थ्यो । कुनै समस्या र तनाव थिएन’उनले भनिन्,‘वहाले आफैले हानेर आत्महत्या गरेको होइन्, हत्या गरिएको लागेकोले छानबिन गर्न माग गर्दछु।’ गाउँमा चलाईराखेको पसल बेचेर आफु सँगै वस्ने गरि आउनु भनेर फोनमा भनेको उनले बताइन्।

सैनिक पोशाकमा नभई खुट्टामा चप्पल र टाउजर मात्र लगाएको अवश्थामा उनलाई गोली लागेकोले उनले आफै पड्काएको भन्न नमिल्ने आफन्तको तर्क छ। 

‘बिना पोशाक र चप्पलमा रहेका वेला हतियार कसरी दिईयो,’ उनले भनिन् –‘सैनिक पोशाक लगाएका वेला मात्र हतियार दिइन्छ भनेर मैले थाहा पाएकी थिए ।’ नेपाली सेनाले आत्महत्या गरेको भनेर भनिरहेको भन्दै उनले भनिन्,–‘पोष्टमार्टम बिना नै आत्महत्या हो भनेर सेनाले कसरी भन्यो।’ 

मृतकका बुबा धनबहादुर खडकाले पनि गणका गणपति राजु बस्न्यातले शब प्रहरीको जिम्मा लगाई सकिएकाले उतै बुझ्न भनेर ठाडो जवाफ दिएको बताए। परिवार नआउँदै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुबिधा नपाउने भनेर कर्णेलले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनको भनाई छ। 

महाकाली अञ्चल अस्पतालमा पोष्टमाटर्म नभएपछि सेती अंचल अस्पतालमा ल्याईएको थियो। हत्या भएकाले छानबिन हुनुपर्ने भन्दै 

पोष्टमार्टम भए पनि आफूहरुले शव नबुझेको मृतकका काका कम्लेश खडकाले भने।‘घट्नाको सत्यतथ्य छानविनको माग पुरा नहुन्जेल हामी शव बुझ्दैनौ’उनले भने। 

मृतक खडकाको घर जाजरकोटको छेडागाड नगरपालिका–१० खलटाकुरा हो। खड्काका परिवारका १३ जनाको टोली चार दिन देखि धनगढीमा छन। 

गणपती राजु वस्न्यातले सैनिक दिवसका दिन इन्सासको प्रयोग भएर खड्काको मृत्यु भएको बताए। उनको मृत्यु कसरी भयो भनेर नेपाल प्रहरीले अनुसन्धान गरिरहेको बताए । नेपाली सेनाले आन्तरिक रुपमा पनि अनुसन्धान शुरु गरेको उनको भनाई छ। ‘सैनिक दिवसका दिन बिहान वेस्ट सोल्जर छान्नका लागी सवै जनाले ट्रयाक सुटमा हतियार सहित पिटी खेलेका हुन’उनले भने। ट्रयाक सुटमा भएपनि खुट्टामा चप्पल मात्र हुनुलाई आफन्तले रहस्यमय भएको बताएका छन।

खुट्टामा चप्पल कसरी भयो त भन्ने प्रश्नमा उनले भने,‘ उ  अलि ढिला भएको थियो, हतियार निकाली हाल्ने भनेकाले उ चप्पलमा आएको हो।’ आत्महत्या वा हत्या केही भन्न नमिल्ने र त्यो अनुसन्धान पछि खुल्ने उनको भनाई छ। कानुन बमोजिम पाउने सवै कुरा परिवारले पाउने उनले बताए।

कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्ण ओझाले गोली लागेर मृत अवश्थामा फेला परेका सैनिक जवानको मृत्यु कसरी भयो भनेर प्रहरीले अनुसन्धान गरिराखेको बताएका छन । प्रयोग भएको इन्सास राइफल सिलवन्दी गरेर फरेन्सिक जाँचका लागी काठमाण्डौ पठाउने तयारी भइरहेको उनले बताए। गोलीको एक खोका वरामद भएको छ । त्यो राइफल कस्ले पट्काएको भनेर थाहा पाउन व्यालेस्टिक जाँच र फरेन्सिक जाँच गरिने उनले बताए । पोष्टमार्टमा रिपोटमा चिउडो तलवाट गोली छडेर टाउको माथीवाट निस्केको उल्लेख छ।

प्रकाशित: २४ फाल्गुन २०७५ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App