१६ चैत्र २०८० शुक्रबार
समाज

महिला अधिकारको अभियान जारी राख्नुपर्ने

ललितपुर – महिलाको आर्थिक क्षेत्रमा हुने सहभागिता र नेतृत्वको पहिचान तथा कृषि, सुरक्षित आप्रवासन जस्ता सवालमा महिलाका अधिकारका मुद्दाहरुका विषयमा आवाज उठाउने उद्देश्यका साथ सुरु गरिएको सहि हो अभियानले आफ्नो एक वर्षे यात्रा पूरा गरेको छ ।

सो अभियानको समीक्षा बैठकमा बोल्दै इक्वेल एक्सेसकी राष्ट्रिय प्रतिनिधि, विनिता श्रेष्ठले ६ वटा प्रदेशमा एक वर्ष भित्र गरिएका विभिन्न कार्यक्रममार्फत झन्डै १ करोड १० लाखमा अभियान पुगेको जनाइन् ।

लैंगिक असमानतापूर्ण समाजमा आर्थिक सशक्तीकरणको मुद्दा गहिरिएर बसेको भन्दै राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेतीले यस्ता अभियानहरु एकै वर्षमा समाप्त हुन नहुने बताए । दिगो विकास लक्ष्य र नेपालकै पनि आउँदै गरेको १५ औं योजनाले महिलाको अधिकारलाई विशेष रुपमा सम्बोधन गरेको बताउँदै उनले यस्ता अभियानको क्रियाशीलताले सरकार र दातृ निकायको भावी काम लाई पनि टेवा पु¥याउने बताए ।

अधिकारकर्मी भारती सिलवालले यस्ता कार्यक्रमहरुमा समुदाय र नीतिनिर्माता दुवैलाईसँगै लानुपर्नेमा जोड दिइन् भने अधिकारकर्मी रिता साहले आगामी दिनमा कार्यक्रमको जिल्ला छनोट गर्दा मानव विकास सूचकांकमा पछाडि परेका जिल्लाको छनोट गर्दा अझै राम्रो हुने बताइन् ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App