१६ चैत्र २०८० शुक्रबार
समाज

स्थायी प्रक्रियामा सहभागि गराउने सहमति पछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौं – राहत शिक्षक र सरकाकारबीच तीन बुँदे सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ। आन्दोलनमा राहत शिक्षकसँगै  बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ता समेत सहभागि रहेका थिए। 

बिगत केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो। 

उक्त तीन बुँदे सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता गरिएको जनाइएका छन। 

मन्त्रालयले ती शिक्षकसँग ¬‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक÷खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने सहमति भएको जनाइएको छ। सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने समेत उल्लेख गरिएको छ।

आन्दोलनरत  शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्ष्भित्र शिक्षक सेवा आयोगबाट आन्तरिक र खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख भइसकेको थियो।

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App