१६ चैत्र २०८० शुक्रबार
समाज

पौने दुई अर्ब राजस्व ठगी आरोपमा मुद्दा दर्ता

काठमाडौं – कर छलीको आरोप लागेका परमेश्वर साह र जयकिशोर साहविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ। विभागले उनीसहित २४ व्यावसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको हो। 

असारमा १२ करोडको कारोबार गरेको साहको फर्म साउनदेखि राजस्व कार्यालयको सम्पर्कमा आएको थिएन। एक महिनामा यति ठूलो कारोबार गरेको फर्म सम्पर्कमा नआएपछि विभागले यसको खोजी गरेको थियो।

एक अर्ब ७५ करोड रुपैयाँ राजस्व ठगीमा प्रयोग भएका २४ वटै फर्ममा परमेश्वर र जयकिशोर संलग्न रहेको विभागले जनाएको छ। उनीहरुले अर्काको नागरिकता प्रयोग गरी फर्म दर्ता गर्दै आएका थिए।

उनीहरुले नक्कली विवरणका आधारमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत छुट लिँदै आएका थिए। उनीहरुले सीधासाधा व्यक्तिहरुको नागरिकता प्रयोग गरी फर्म दर्ता गरेका थिए। पछि ती व्यक्तिहरुलाई उनीहरुले कर्मचारीको रुपमा जागिर दिलाएका थिए। 

 

प्रकाशित: २१ फाल्गुन २०७५ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App