८ वैशाख २०८१ शनिबार
समाज

पत्रकारलाई दुर्व्यवहारको निन्दा

सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भत्र्सना गरेको छ। महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचारको निहुँमा गाउँपालिका अध्यक्ष जिसीले कान्तिपुर दैनिकका जिल्ला संवाददाता तिवारीलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति विरोध जनाएको हो।

‘आफ्नै गाडीमा लिफ्ट दिएर सार्वजनिक समाचारका विषयमा गरेको असभ्य र अभद्र व्यवहारप्रति शाखा खेद व्यक्त गर्दछ,’ सहसचिव किशोर बुढाथोकीले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ। घटनापछि मानसिक तनावमा रहेका सञ्चारकर्मी तिवारीले शुक्रबार आफूलाई अभद्र व्यवहार गरिएको बताए।

‘राजधानी जाने तयारीमा थिएँ, अध्यक्षले आफ्नै गाडीमा खाडीचौरबाट लिफ्ट दिएर तथानाम गालीगलौज गर्दै अभद्र व्यवहार गरेर बीच बाटोमै झारिदिए,’ पीडित सञ्चारकर्मी तिवारीले भने। केही समयअघि आफू विदेश जाँदा उपाध्यक्ष छाडेर कानुनविपरीत वडाध्यक्षलाई कार्यबाहक दिएको र सुनकोसी नदी दोहनका विषयमा लेखेको समाचारमा आपत्ति जनाउँदै अध्यक्ष जिसी आफूमाथि खनिएको उनको भनाइ छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App