coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका–२ निवासी ३१ वर्षीय मनोज कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको हो।

यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको छ। गएराती केही मानिसले फोन गरेर बोलाइ यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यादवलाई शरीरका विभिन्न भागमा पाँच राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रयोग भएको पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ।

घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार मृतकको साथमा मोबाइलसमेत फेला परेको छ। तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सम्बद्ध विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका यादव पछिल्लो समय भने नेपाली कांग्रेसमा आवद्ध रहेको बताइएको छ।

घटनाबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App