coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फुङ्लिङ बजारमा सवारी दुर्घटना

तस्बिर : घाईते टंकलक्ष्मीको जिल्ला अस्पतालमा उपचार हुदै। तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिबार बिहान ९ बजे भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ। 

बीरेन्द्रचोक हुँदै तोक्मेडाँडातर्फ जाँदै गरेको मे १ ज ३२०७ नम्बरको पिकअप गाडीको बेक्रफेल भई सडकबाट दाँयातर्फ झर्दा सडकमा हिँडीरहेकी पैदलयात्री ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्रा स्थायी घर भई हाल फुङ्लिङ भेटनरी चौक बस्ने ५२ बर्षिय टंकलक्ष्मी लिम्बू सिकिस्त घाईते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापाले घाइतेको छातिभन्दा तलको भागमा चोटपटक रहेको बताए। उनको उपचार जिल्ला अस्पतालमा भईरहेको छ। तोक्मेडाँडास्थित भीमप्रसादको घर नजिकबाट गाडी दायाँतर्फ सडकबाट मुनि पल्टिएको बताइएको छ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App