१५ चैत्र २०८० बिहीबार
समाज

हिमपातका कारण विद्यालय बन्द

तस्बिर : सुमन मल्ल/नागरिक

मुगु – मंगलबार रातिदेखि भइरहेको लगातार हिमपातका कारण चिसो बढेपछि जिल्लाका अधिकत्तर विद्यालय बन्द गरिएका छन्। निरन्तरको हिमपातले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ।

यस क्षेत्रका सबै विद्यालय बन्द अवस्थामा रहेको पुलुस्थित आधारभूत विद्यालयका शिक्षक छिरिङ फुञ्जोक लामाले जानकारी दिए। यस्तै गाईबस्तु पनि गोठ बाहिर निकाल्न नसकिएको स्थानीयले बताएका छन्। लामाका अनुसार डोल्फु मुगु, चिताई, ताखा खारी, किम्री, पुअ, रिउसमा बढी हिउँ जमेको छ भने आवतजावतसमेत बन्द भएको छ।यस्तै हिमपात र चिसोका कारण बुधबार छायानाथ रारा नगरपालिकाका सरकारी तथा विद्यालय बन्द गरिएका छन्। मंगलबार रातिदेखि लगातार भएको हिमपातका कारण सदरमुकाम गमगढी बजार पनि बन्द भएको छ। माघको पहिलो साताबाट लगातार हिमपात हुँदा सडक यातायात ठप्प छ भने बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिन थालेको छ।

हिमपातका कारण बुधबार हवाई सेवा पनि प्रभावित भएको छ। रारामा दुई फिट हिउँ जमेको छ। वनतर्फको प्राविधिक शिक्षा तह दुईको परीक्षा दिने करिब ४० विद्यार्थी जुम्लातर्फ बिहान हिँडेका भए पनि भारी हिमपातका कारण घुच्ची लेकमै रोकिएका छन्। भारी हिमपात भइरहेकाले घुच्ची लेकको भुलभुलेमा रोकिनुपरेको परीक्षा दिन हिँडेका मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का नन्दबहादुर रोकायाले जानकारी दिए। हिमपातले अत्यधिक जाडो हुँदा दुई विषय पढाएर विद्यालय बन्द गर्नुपरेको गमगढीस्थित महाकाली माध्यामिक विद्यालयका प्राचार्य देबबहादुर मल्लले जानकारी दिए। डेढ महिनासम्म यसरी लगातार हिमपात र वर्षा भएको आफूले अहिलेसम्म थाहा नपाएको उनको भनाइ छ।

लगातारको हिमपातले चिसो बढेपछि विद्यालयबाट घर फर्किंदै विद्यार्थी। अत्यधिक जाडो भएपछि आगो ताप्दै मुगुको गमगढीका व्यापारी।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App