coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकसहित २ को मृत्यु

उदयपुर - उदयपुरमा बुधबार ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ को साउने–गाईघाट सडक खण्डमा भएको ना ५ त ६७६२ नं. को ट्याक्टर दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका १५ खाँबुका २७ वर्षीय दुर्गबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका ५ का ४३ वर्षीय दिलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्याक्टर दुर्घटनामा परी मगर र राईको घट्नास्थलमै मृत्यु भएको थियो। ट्याक्टरमा सवार अन्य ६ जना घाईते भएका छन्। घाइते सबैको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

प्रकाशित: ८ फाल्गुन २०७५ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App