७ वैशाख २०८१ शुक्रबार
समाज

लागुऔषधसहित विद्यार्थी पक्राउ

रौतहट – एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

बिआर ०६ ए ६५८० नम्बरको मोटरसाइलमा बिहारको पूर्वी चम्पारण जिल्लाबाट बाराको कचोर्वा नाका हुँदै रौतहट कटहरियातर्फ आइरहेका दुवैजनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले प्रतिबन्धित फेनारगन २००, डाइजेपाम २०० र नाइट्राभेट १ हजार ५०० ट्याब्लेट बरामद गरेको छ।

मोटरसाइकलको सिटमुनि लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको हो। दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App