१६ चैत्र २०८० शुक्रबार
समाज

छोराले आफ्नै बुबाको हत्या गरेको पुष्टि

रुकुम - सल्यानका एक जनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–२ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेको प्रहरीले दाबी गरेको छ। गत माघ २९ गते उनले सामान्य विवादमा आफ्नै बुबा ४० वर्षीय कृष्णबहादुर रानाको हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्रबहादुर शाहीले जानकारी दिए।

कृष्णबहादुर आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले तत्कालै घटनाको अनुसन्धान गर्दा उक्त दिन साँझ बाबु छोराको झगडा भएको जानकारी पाएपछि दुर्गाबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। बुबा कृष्णबहादुरले रक्सी सेवन गरी आमासंग झगडा गरेको र आफुले सम्झाउँदा उल्टै झगडा गरेपछि कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीलाई बयान दिएको डिएसपी शाहीले बताए। हत्याको अभियोगमा पक्राउ परेका दुर्गाबहादुर विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

 

प्रकाशित: ४ फाल्गुन २०७५ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App