coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विभिन्न आरोपमा ९ जना पक्राउ

रुकुम(पश्चिम) - प्रहरी पछिल्लो समय ठुलो परिमाणमा अवैध आगुऔषध कारोबारीलाई पक्राउ गर्न सक्रिय भएको छ। गत माघ २५ गते साढे १७ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको प्रहरीले शुक्रबार १२ किलो चरेश र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

७ किलो चरेश र ५ किलो अफिम सहित दुई जनालाई जिल्लाको आठबीसकोट नगरपालिका–४ गोतामकोट अनहाज्यूलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। पक्राउ पर्नेहरुमा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–१३ ठाटिगुरताका ४२ वर्षीय धनबहादुर मल्ल र सोहि नगरपालिका–१२ अलगुरता का ३० वर्षीय चन्द्रबहादुर शाही रहेको उनले बताए।

जाजरकोट तर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा जाजरकोट डोल्पा सडक खण्डबाट उनीहरुलार्इ पक्राउ गरिएको डिएसपी खड्काले बताए। उनीहरुको साथबाट नगद ५० हजार रुपैयाँ समेत बरामद गरिएको छ।

यसैबीच ७ जना जुवाडेलाई समेत प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम मुसिकोट नगरपालिका–१ सल्लेमा जुवा तास खेल्दै गरेका ७ जनालाई नगदसहित पक्राउ गरिएको बताइएको छ। पक्राउ पर्नेहरुमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–५ हुकामका ३५ वर्षीय दिनेश घर्ती, वडा नं. १२ कोलका ४० वर्षीय पन्तबहादुर पुन, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ सल्लेका २९ वर्षीय सन्तोष पुन, २६ वर्षीय सन्दिप पुन, सोहि ठाउँका २९ वर्षीय ताराबहादुर पुन, रमेशकुमार ओली र ३५ वर्षीय मदन कुमार मल्ल रहेका छन्। उनीहरुको साथबाट नगद १४ हजार २ सय २५ रुपैयाँ समेत बरामद गरिएको डिएसपी खड्काले बताए।

प्रकाशित: ३ फाल्गुन २०७५ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App