१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आधा केजी सुन सहित एकजना पक्राउ

रसुवा - चीनबाट अवैध तरिकाले ल्याइएको करिब आधा केजी सुन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन्। चीनको केरुङबाट काठमाडौं जाँदै गरेका तामाङलाई खोपाङ भीरबाट प्रहरीले पक्राउ गरेको हो। उनको शरीरमा जाँच गर्दा ४ सय ६२ ग्राम सुन फेला पारिएको प्रहरी निरीक्षक रञ्जन अवाले बताए। पक्राउ परेको सुनको मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको छ। 

 

प्रकाशित: ३ फाल्गुन २०७५ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App