१ श्रावण २०७७ बिहीबार
समाज

निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका ८ का एक व्यक्तिलाई निकुन्ञ क्षेत्रमा पन्छी मारेको आरोपमा प्रहरीले समातेको छ। बन्दुकसहित पक्राउ परेका ४१ बर्षे रामचन्द्र विकमाथि मालुवा मारेको आरोप प्रहरीले लगाएको छ। 

शेफोक्सुण्डो राष्ट्रिय निकुन्जअन्तर्गत तीर्थ मध्यवर्ती वन क्षेत्रभित्रमा कुनै पनि प्रकारको चोरी सिकारी गर्न पाइँदैन। अवैध भरुवा बन्दुकले पक्षी मारेको भन्दै निकुन्ज नियमावलीअनुसार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी निरीक्षक जीवराज थापाले बताए।

प्रकाशित: २९ माघ २०७५ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App