१५ चैत्र २०८० बिहीबार
समाज

पत्नी हत्या आरोपमा पक्राउ

तेह्रथुम - पत्नी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेदाप गाउँपालिका १ साबिक सिम्ले ५ बस्ने चन्द्रबहादुर लिम्बूले श्रीमती इन्द्रकुमारीको हत्या गरेको भनी भनी मृतकका भाइ बोधराजले प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले अभियुक्त लिम्बूलाई आइतबार पक्राउ गरेकाे हो।

५१ वर्षीया इन्द्रकुमारीको शव छिमेकीले माघ २६ गते उनकै आँगनमा भेटेर प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। दुई परिवार मात्र बस्दै आएकाले इन्द्रकुमारीको भवितब्य नभई पतिले नै हत्या गरेको प्रहरीको अनुमान छ। अभियुक्त लिम्बूमाथि अनुसन्धान भइरहेको गौतमले बताए। मृतक इन्द्रमायाका आफन्तले हत्यारालाई पक्राउ गरी मुद्दा दर्ता गरिए मात्र लास बुझ्ने अडान लिएपछि सोमबार मृतक इन्द्रमायाको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको परिवारले जनाएको छ। 

 

प्रकाशित: २८ माघ २०७५ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App