७ वैशाख २०८१ शुक्रबार
समाज

बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न अमरगढी नगरपालिकाको पहल

नगरपालिकाले शुक्रबार सञ्चालन गरेको परिक्षामा सहभागी बिद्यार्थीहरु । तिस्बर : पुष्कर /नागरिक

डडेल्धुरा – शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ। शैक्षिक गुणस्तर बृद्धी गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ।

शुक्रबार नगरपालिकाले नगर भित्रका विभिन्न बिद्यालयहरुका १ सय २५ जना बिद्यार्थीहरुको परिक्षा गरेको छ। कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तर परिक्षणका लागी परिक्षा गराईएको श्रोत व्यक्ति राजेन्द्र पाण्डेयले बताए।

बालवालिकाको गुणस्तर परिक्षणका लागी नगर भित्रका २७ वटा बिद्यालयका १ सय २५ बिद्यार्थी सहभागि भएका छन। परिक्षाको नतिजा अनुसार शैक्षिक गुणस्तर बृद्धी गर्न बिविध तरिका अपनाईने श्रोत व्यक्ति पाण्डेले बताए। अमरगढी नगरपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर सुधार आधार बर्ष २०७५ अन्तर्गत बिद्यार्थीहरुलाई परिक्षामा सहभागि गराईएको हो ।

नमुनाका रुपमा लिईएको परिक्षाको उद्देश्य बिद्यार्थीहरुको स्तर जाँच रहेको श्रोत व्यक्ति पाण्डेयले बताए। परिक्षामा सहभागी बिद्यार्थीहरु अध्ययनरत बिद्यालय बाट निरिक्षक, केन्द्राध्यक्ष समेत नराखी गोप्य तवरले प्रश्न पत्र बनाईएकाले परिक्षाको नतिजा बाट वास्तविक चित्र छर्लङ्ग हुने भागेश्वर मावि केन्द्रका केन्द्राध्यक्ष मुकेश भट्टले बताए ।

पाँच वटा केन्द्र बनाई बिद्यार्थीहरुका बिच परिक्षा सञ्चालन गरिएको थियो । पाँच वटा केन्द्रमा सञ्चालन गरिएको परिक्षाको नगर प्रमुख र उप प्रमुखको नेतृत्वमा दुई वटा अनुगमन टोली बनाई अनुगमन गरिएको शिक्षा शाखाकाले जनाएको छ। यस बाट बालवालिकाको वास्तविक वस्तुस्थिती सजिलै सँग छर्लङ्ग हुने भएकाले नगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार निर्माणमा सघाउ पुग्ने नगर प्रमुख विश्वेश्वर ओझाको भनाई छ।  

शिक्षाको  गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ नगरपालिकाले  अभिभावक जागरण अभियान, अभिभावक शिक्षक जनप्रतिनिधि अन्तरक्रिया, बिद्यार्थी सँग मेयर कार्यक्रम, शिक्षकहरु लाई कम्प्युटर तालिम, नमुना बिद्यालय छनौट, बिद्यालयमा आईसिटी डिजिटल शिक्षण कार्यक्रम, उत्कृष्ट बिद्यार्थी शिक्षक अभिभावक सम्मान, पुर्वाधार सुधार, बिद्यालय अनुदान, बिषयगत शिक्षकबीच  अनुभव आदान प्रदान लगायतका कार्यक्रमहरु सुरु गरिएको अमरगढी नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखाका अनुसार नगरपालिका भित्रमा अहिले सम्म ११ वटा बिद्यालय सुधारोन्मुख रहेका छन।

 

प्रकाशित: २६ माघ २०७५ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App